Advertisement

संसदीय चुनावमा प्रचण्ड विरुद्ध युवा नेता पुजन मौवारको उम्मेदवारी घोषणा

न्युजडेस्क
२०७९ श्रावण १२, बिहीबार २१:१२

जनकपुरधाम। सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी संसदीय निर्वाचनमा धनुषा क्षेत्र नम्बरका लड्ने तयारी गरेपछि धनुषा क्षेत्र नम्बर १ का स्थानीय युवानेता पुजन मौवारले प्रचण्ड विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

संसदीय चुनाव नजिक हुदाहुदै आ-आफ्नो उमेदवारी घोषणाकै क्रममा आगामी संसदीय निर्वाचनमा सुरक्षीत निर्वाचन क्षेत्रको खोजी गर्ने क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले धनुषा क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गर्ने तयारी थालेपछि स्थानीय युवा नेता मौवारले प्रचण्ड विरुद्ध उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

आगामी संसदीय निर्वाचनमा सांसद यादवलाई समानुपातिकमा राखेर प्रचण्डले यो क्षेत्रबाट चुनाव लड्ने विषय सार्वजनिक भएपछि लोकतान्त्रिक समाजवादी पार्टीबाट स्थानीय राजनीतिमा सक्रिय मौवारले लोसपा परित्याग गर्दै प्रचण्ड विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने तयारी अगाडि बढाएको जानकारी दिएका हुन् ।

०७४ को निर्वाचनमा यादवले तत्कालिन संघीय समाजवादी फोरम नेपालका दीपक कार्कीलाई पराजित गरेका थिए । यादवले २६ हजार ४१६ मत पाउँदा उनीसँग पराजित भएका कार्कीले १७ हजार २ सय ८४ मत ल्याएका थिए । यादव र कार्कीबीच ९ हजार १२३ को मत अन्तर थियो । यो क्षेत्र मधेश प्रदेशमै माओवादीको राम्रो जनाधार भएको क्षेत्र मानिन्छ ।

आगामी संसदीय निर्वाचनपछि प्रधानमन्त्री बन्ने उदेश्य सहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू निर्वाचित भएको चितवन क्षेत्र नम्बर ३ असुरक्षित देखेपछि धनुषा क्षेत्र नम्बर १ मा जाने तयारी थालेको चर्चासँगै युवा नेता मौवारले पनि आफ्नो तयारी अगाडि बढाएका हुन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर