Advertisement

स वि यु मधेश प्रदेश समितिको मुख्य सचीवमा दास र सचिवमा राईन मनोनीत

न्युजडेस्क
२०७९ श्रावण १७, मंगलवार २२:०८

जनकपुरधाम, साउन १७ गते । जनता समाजवादी पार्टीको विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनको मधेस प्रदेश समितिको मुख्यसचीवमा बिबेक कुमार दास र सचिवमा आमिन राईन चयन भएको छ ।

सिरहा जिल्लाको लहान स्थित माछापालनको हलमा समाजवादी विद्यार्थी युनियन मधेश प्रदेश समिति काे पदाधिकारी बैठक बाट रिक्त रहेको पदमा उहाँहरुलाई सर्वसहमतिले चयन गरिएका छन्।

नवनियुक्त भएकालाई समाजवादी विद्यार्थी युनियन मधेश प्रदेशका अध्यक्ष दिपेश यादव लगाईत पदाधिकारीहरुले अबिर लगाएर सफल कार्यकालको लागि शुभकामना दिएका थिए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर