Advertisement

मुख्यमन्त्री राउतको राजीनामा दिन निर्देशन दिएको छैन : जसपा अध्यक्ष यादव 

न्युजडेस्क
२०७९ भाद्र ७, मंगलवार १०:५२

जनतासमाजवादी पार्टी जसपा अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्रीमोहम्मद लालबाबु राउतलाई  पदबाट राजीनामा दिन निर्देशन नदिएको बताएकाछन् ।  
                                                जनकपुरमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै यादवले मुख्यमन्त्रीराउतलाई राजीनामा दिन निर्देशन दिएको भनेर बाहिर आएको हल्लामा सत्यतानभएको स्पस्ट गरे ।    
        मुख्यमन्त्रीलाई राजीनीमा दिन कुनै निर्देशननदीएको र हटाउने योजना पनि नरहेको उनको भनाइ थियो ।

मुख्यमन्त्री राउतले पनि आफूलाई राजीनामा दिन कुनै निर्देशन नआएको जानकारी दिए ।सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनलेआफूलाई पार्टी अध्यक्षबाट राजीनामाका लागि निर्देशन नआएको बताए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर