Advertisement

सर्लाहीमा हतियार देखाएर आईएमई लुटपाट

न्युजडेस्क
२०७९ भाद्र ११, शनिबार १६:०५

सर्लाही । सर्लाहीमा हतियार देखाएर आईएमई लुटपाट गरिएको छ।

शुक्रबार बिहान जिल्लाको गोडैता नगरपालिका–८ बजारमा सञ्चालनमा रहेको आईएमईमा लुटपाट भएको हो ।चार जनाको समुहमा रहेका नकाबधारी समूहले हतियार देखाएर आईएमईबाट ८ लाखभन्दा बढी रकम लुटपाट गरेको प्रहरीले जनाएको छ । लुटेरा समुह रकम लुटेर तत्काल फरार भएको स्थानीयले बताए ।लुटेरा समूहले आईएमईबाट एक थान कम्प्युटर सहित नगद ८ लाख ५० हजार रुपैयाँ लुटेर लगेको आईएमई संचालकको भनाई छ ।

बिहान १० बजेको समयमा दुईवटा मोटरसाइकलमा चार जना नकाबधारी समूह आएका र उनीहरुले हतियार देखाई लुटपाट गरेको सञ्चालक शुभनारायण पण्डितले जनाए। प्रहरी नायव उपरीक्षक यादवले घटना बारेमा सोधपुछ तथा लुटेरा समूहको पहिचानको प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर