Advertisement

छोरी शिक्षा विमा प्रतिको आकर्षण बढदै २ महिनामा १३ सय जनाले गराए दर्ता

न्युजडेस्क
२०७९ आश्विन ११, मंगलवार १०:५५


जनकपुरधाम, असोज ११ । मधेश सरकारले मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत संचालन गरेको महत्वाकांक्षी योजना छोरी शिक्षा विमा प्रति पछिल्लो समयमा जनआकर्षण बढदै गएको छ ।
मधेश प्रदेश सरकार शिक्षा निर्देशनालय अन्तर्गत संचालनमा रहेको छोरी शिक्षा विमा कार्यक्रम चालु आर्थिक वर्ष दे्खी अनलाइन दर्ता प्रणालीमा गए पछि जनआकर्षण बढेको शिक्षा निर्देशक चुडामणी फुयालले बताउनु भएको छ ।
यश अघि अषाढ महिनामा मात्र १७ सय जना बालिकाहरुको दर्ता भएको निर्देशनालय को वेबसाईटमा देखिएको छ ।
२०७८ माघ १ पछि मधेश प्रदेशमा जन्मेका छोरीहरुको ३ लाखको शिक्षा विमा प्रदेश सरकारले शुरु गरे पछि अभिभावकहरु धमाधम अनलाइन मार्फत दर्ता गराउन थालेका छन । पछिल्लो २ महिनामा १३ सय भन्दा बढीले अनलाइन मार्फत दर्ता गराइ सकेको निर्देशक फुयालले बताउनु भयो ।
छोरीहरुको लागि आकर्षक कार्यक्रमको रुपमा रहेको विमामा सर्वसाधारणहरुको पहुँचलाई बढाउनका लागी सहयोग गरि दिन निर्देशक फुयालले मधेश प्रदेश अन्तर्गत स्थानीय तहका जनप्रतिनिधि, शिक्षा सेवी, समाजसेवी लगायतका अगुवाहरुमा आग्रह समेत गर्नु भएको छ ।
विमाका लागी छोरीको जन्मदर्ता, आमा र बुवाको नागरिकता, बच्चा र अभिभाावकको पासपोर्ट साइजको फोटोे, वडाको सिफारिस पत्र लगायतको कागजात सहित अनलाइन मार्फत दर्ता गर्न सकिने निर्देशक फुयालले बताउनु भएको छ ।

फाइल तस्वीर

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर