Advertisement
☰

जगरनाथपुर गाउँपालिका अध्यक्ष,यादवद्वारा शिव मंदिरको उदघाटन

न्युजडेस्क
२०७९ आश्विन १२, बुधबार १५:४६

राजन कुमार बानिया पर्सा १२ असोज पर्साको जगरनाथपुर गाउँपालिकाको वडा नं ३ बिजबनिया गाउँमा रहेको शिव मंदिरको उदघाटन गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले गरेका छन। बिजबनिया गाउँमा नवनिर्मित शिव मंदिरको उदघाटन एक कार्यक्रमका बिच बिधवतरुपमा पुजापाठ गरि गाउँपालिकाको अध्यक्ष यादवले गरेका छन ।

शिव मंदिरमा लिंग,स्थापनाको साथै बसहाको पनि स्थापना गरिएको थियो। नेपाली काँग्रेस क्षेत्र नं ४ (क) बाट निर्वाचित प्रदेश साँसद शंकर प्रसाद चौधरीको संसदिय कोषबाट ५ लाखको लागतमा निर्माण भएको मन्जय गिरी ले जनाएका छन।

नवनिर्मित शिव मंदिर उदघाटन कार्यक्रममा उपाध्यक्ष बबिता सिंह क्षेत्री,वडा अध्यक्ष सुबास यादव,जानकिटोलाको पुर्व गाबिस अध्यक्ष झकड मियाँ , क्षेत्रिय सचिव बलिस्टर अहम्द, स्थानिय शंकर यादव, पहलाद राम, सोवालाल साह, लक्षमी यादव , लगायतको सहभागिता रहेको थियो

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर