Advertisement

नवनिर्वाचित प्रदेश सांसद यादवले सपथ लगत्तै गरे शहिदहरुप्रति श्रध्दान्जली अर्पण

न्युजडेस्क
२०७९ पुष १६, शनिबार ०९:३७

जनकपुरधाम,पुस १५ गते । जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित प्रदेश सांसदहरु रामअशिष यादव, ममता मंडल र विन्दु कुमारी यादवले मधेस प्रदेश सभामा सपथग्रहण गरे लगत्तै मधेस अान्दोलन का वीर शहिदहरु प्रति श्रध्दान्जली अर्पण गरेका छन।
जनकपुरधाम उपमहानगरपालिका को मजेलिया स्थित शहिदगेटमा पुगि नवनिर्वाचित सांसदहरूले ऐतिहासिक मधेस अान्दोलन का शहिदहरु निकु यादव ,दिलिप यादव र सहिद संजय चौधरीको प्रतिमा फुलमाला लगाई श्रध्दान्जली व्यक्त गरेका छन।
सो अवसरमा सहिद गेट समीप वृक्षारोपन पनि गरिएको छ।
कार्यक्रममा जनता समाजवादी नेपालका जिल्ला अध्यक्ष पशुपति यादव ,शहिदनगर नगरपालिका का नगरप्रमुख दिनेश प्रसाद यादव ,जनकनन्दनी गाउँपालिका अध्यक्ष दिपेन देव यादव ,क्षेत्रिय अध्यक्ष उमेश निराला,मधेसी निजामती कर्मचारी मंचका केन्द्रीय नेता वृक्ष मानव सुरेश शर्मा ,ताहिर हुसेन ,प्रा सुरेन्द्र यादव सहित जिल्ला नगर स्तरका नेताहरूको सहभागिता रहेका छन।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर