Advertisement

सुगामधुकरहीमा बजार व्यवस्थापनको शुभारम्भ

न्युजडेस्क
२०८० असार ६, बुधबार १६:५१

जनकपुरधाम,अषाढ ६ गते ।धनुषा निर्वाचन क्षेत्र नं २ ,हंशपुर नगरपालिका को सुगामधुकरही गाउँमा बजार व्यवस्थापन सौन्दर्यीकरणको कार्य शुभारम्भ गरिएको छ।


जनता समाजवादी पार्टी नेपाल का समाजवादी तथा विकास प्रेमी नेता प्रदेश सांसद रामअशिष यादवको पहल र मधेस सरकारको सशर्त अनुदान सहयोगबाट प्राप्त रु २५ लाख रुपैयाँको लागतमा पछियारी टोल सुगा मधुकरही गाउँमा बजार व्यवस्थापन तथा सौन्दर्यीकरणको कार्य शुभारम्भ भएको कुरा वार्ड अध्यक्ष लालबाबु यादवले जानकारी दिएका छन।


प्रदेश सांसद रामअशिष यादव,नगरप्रमुख प्रदिप यादव ,उपप्रमुख दुर्गि देवी मंडल र वार्ड अध्यक्ष लालबाबु यादवले संयुक्तरूपमा संकल्प पुजा गरि बजार व्यवस्थापन सौर्न्दर्यीकरण कार्य को शिलान्यास गरेका छन।
स्थानीय कृषि उत्पादन बिक्रीवितरण केन्द्र को रुपमा रहेको ग्रामीण हाट बजार मा किसान र उपभोक्तहरुको सुबिधा र जर्जर अवस्थामा रहेको कृषि मा सुधारका लागि बजार व्यवस्थापन कार्य को शुभारम्भ गरिएको छ।
सो अवसरमा वातावरण संरक्षणको सन्देश दिदै श्री अाधारभुत विधालय सुगामधुकरही विधालयमा वृक्षारोपन पनि गरिएको छ।


भौतिक पुर्वाधार विकास निर्माण गर्दा वातावरण संरक्षण का लागि अनिवार्य वृक्षारोपन हुनुपर्ने सन्देश दिदै पर्यावरण योद्धा प्रदेश सांसद यादवको प्रयासमा वृक्षारोपन पनि गरिएको छ।
कार्यक्रममा नेपाल विधुत प्राधिकरण कर्मचारी संघका केन्द्रीय उपाध्यक्ष जगदीश साह,युवा नेता उपेन्द्र यादव,धुर्वनारायण यादव,कमलेश साह,शैलेन्द्र साह र ई सत्यदेव यादव सहित स्थानीय बासिन्दाहरुको सहभागिता रहेका छन।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर