Advertisement

सर्लाहीमा बन्धक १५ वर्षीय भारतीय बालकको सकुशल उद्धार, तीनजना पक्राउ

न्युजडेस्क
२०८१ माघ १, मंगलवार ०८:३९

काठमाडौं । सर्लाहीमा बन्धक भारतका १५ वर्षीय बालकलाई सर्लाही प्रहरीले सकुशल उद्धार गरेको छ । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–४ स्थित रामजी साहको घरबाट बालकलाई उद्दार गरेको हो ।अपहरण आरोपमा तीनजनालाई हातहतियारसहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा घर धनी ब्रम्हपुरी गाउँपालिका–४ का ६८ वर्षीय रामजी साह, स्थानीय १९ वर्षीय बिक्रम पासवान र बिहार राज्य जिल्ला सितामढी राजवाडा ग्रामपंचायत मुसहर्निया टोल बस्ने राम पुकार साहको छोरा २७ वर्षीय प्रवचन साह रहेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।उनीहरूबाट प्रहरीले कटुवा पेस्तोल १ थान, गोली २ राउण्ड, मोबाइल १ थान, धारिलो चक्कु १ थान, हथौडा १ थान र बी.आर. ०६बीटी २८५० नम्बरको मोटरसाइकल बरामद गरेको छ ।प्रवक्ता श्रेष्ठले बालकलाई सुरक्षित रूपमा उद्दार गरी परिवारको जिम्मा लगाएको बताए ।पक्राउ पर्नेकालाई अपहरण, शारीरिक बन्धक तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा जिल्ला अदालत मलंगवाबाट सात दिनको म्याद अनुमति लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर