Advertisement
☰

गाडी दुर्घटनामा मन्त्रीसहित ३ जना घाइते

न्युजडेस्क
२०८१ माघ ८, मंगलवार १०:४०

काठमाडौं । मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह सवार गाडी दुर्घटनामा परेको छ ।

गएराति मधेस प्रदेश ०२–००१ झ–०१६५ नम्बरको गाडी करिब साढे नौ बजे जनकपुरस्थित रामानन्द चोकमा दुर्घटना हुँदा मन्त्री सिंहसहित तीनजना घाइते भएका छन् ।

स्वास्थ्यमन्त्री सिंह सवार गाडी खानेपानी डिभिजन कार्यालयको गाडीमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी भुवनेश्वर तिवारीले जानकारी दिए ।एसपी तिवारीका अनुसार दुर्घटनामा घाइते भएका मन्त्री सिंहको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । मन्त्री सिंहसहित चालक र सुरक्षाकर्मी तीनैजनाको अवस्था सामान्य रहेको छ । उपचारमा संलग्न चिकित्सकले उनको स्पाइनल हड्डीमा चोट लागेको बताएका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर