Advertisement

प्रदेश सांसद कुश्वाहाद्वारा महोत्तरीको झिङास्थानमा पार्वती मन्दिर कार्य गरे शुभारम्भ

न्युजडेस्क
२०८१ चैत्र २७, बुधबार २१:५५

महोत्तरी, चैत २७ गते। मधेस प्रदेशका सांसद एवम् पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले महोत्तरीको मनरा शिस्वा नगरपालिका वडा नं. ७ (झिङास्थान) स्थित पार्वती मन्दिरको विधिपूर्वक पूजापाठ गर्दै आज देखि कार्य शुभारम्भ गरेको छ।

सो अवसरमा विशिष्ट अतिथिको रूपमा वडा अध्यक्ष रामनाथ सहनी, वडा सदस्य कौशल्या देवी, जसपा नेपालका वडा संयोजक शिब नारायण सिंह, र स्थानीय नेता नवल किशोर महतो, जामुन महतो, उपेन्द्र साह, विनोद सहनी, जितेन्द्र महतो, राम चन्द्र सहनी, राम कृपाल महतो लगायत विभिन्न पार्टीका नेतागण, नागरिक समाज र युवाहरुको उपस्थितिमा समारोह सम्पन्न भएको थियो।

कार्यक्रममा सहभागी सबैले मन्दिरको उद्घाटनलाई ऐतिहासिक र धार्मिक महत्व राख्ने अवसरका रूपमा चिन्नुका साथै, समाजिक एकता र समृद्धिको दिशामा एक कदम अघि बढ्ने सन्देश दिए।

मन्त्री कुशवाहाले बजेट पार्नुभन्दा पहिला नै यो कार्य को शिलान्यास गरे थिए। अहिले २५ लाख बजेट हालेर आज देखि कार्य सुरु गरेका छ्न।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर