Advertisement

जसपा, नेपालको धनुषा क्षेत्र २ क्षेत्रिय अध्यक्षमा दिपिनदेव यादव चयन

न्युजडेस्क
२०८२ मंसिर २२, सोमबार २२:३५

जनकपुरधाम,मंसिर २२ गते। सशक्त नेतृत्व ; मजबुत संगठन विस्तार उद्देश्यका साथ जसपा,नेपालले धनुषा निर्वाचन क्षेत्र नं २ मा संघीय निर्वाचन क्षेत्र कमिटी गठन गरेको छ।
जसपा,नेपालका केन्द्रीय सदस्य प्रदेश सांसद रामअशिष यादबको प्रमुख अतिथ्य र जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा सम्पन्न विस्तारित क्षेत्रिय कमिटीके बैठकबाट युवा नेता दिपिनदेव यादव क्षेत्रिय अध्यक्षमा र दानी मंडल सचिव पदमा सर्वसहमतिले चयन भएका छन्।
सो बैठकमा केन्द्रीय सदस्य प्रदेश सांसद ममता मंडल, केन्द्रीय सदस्य अरुण सिंह मंडल, पुर्व सांसद शैलेन्द्र कुमार यादव, प्रदेश सदस्य द्वय अब्दुल शेख, राजकुमार यादव, समाजवादी युवा संघका मुख्य सचिव दिपेन्द्र कापडि , जिल्ला उपसचिव विकास यादव सहितका अगुवा नेताहरुको सहभागिता रहेका छन्।
सो बैठकले निर्वाचन तथा संगठन विस्तार अभियानलाई सफल पार्नका लागि बुथ कमिटी देखि वार्ड, नगर हुंदै जिल्ला स्तरीय विभिन्न कार्यक्रमहरु निरन्तर गर्ने निर्णय समेत गरेका छन्।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर