जनकपुरधाम, चैत ३ : प्रदेश २ प्रदेशसभाका सांसद राम अशिष यादवले नेताहरु विद्यालयलाई मतलव गर्न नै छाडेको बताएका छन् । शिक्षा पत्रकार समुहद्वारा आयोजित सुरक्षित सिकाई सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ धनुषाका पुर्व अध्यक्ष तथा पुर्व शिक्षक समेत रहेका सांसद यादवले भने, ‘अव त तिनै तहको सरकार र जनप्रतिनिधी छ, नेताहरु आ–आफनो घर छेउको विद्यालयमा एक घण्टा बसिदियो भने शिक्षक र विद्यार्थी आफै सचेत हुन्छ ।’
उनले आफु अहिले पनि क्षेत्रको विभिन्न स्कुलमा गएर बच्चाहरुलाई पढाउने गरेको बताए । सरकारले शिक्षा क्षेत्रमा पर्याप्त बजेट बिनियोजन नगरे सम्म शिक्षाको स्तर नउठने र शिक्षाको स्तरमा विकास नभए देश र प्रदेशको विकास समेत नहुने उनले बताए ।
कार्यक्रममा वक्ताहरुले प्रधानमन्त्री, मुख्यमन्त्री, मेयर, शिक्षक र विद्यार्थीको बस्ने कुर्सीले नै सवैको स्तर झल्काउने गरेको बताए । कार्यक्रममा शिक्षा पत्रकार समुह प्रदेश २ का संयोजक सुरेश यादव सहित विभिन्न नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, शिक्षक, अभिभावक सहित सम्बन्धित निकायका प्रतिनिधीहरु सहितको उपस्थिती थियो ।
प्रतिक्रिया दिनुहोस्