Advertisement

मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोका दाजुलाई सभामुखले गरे सम्मान

न्युजडेस्क
२०८२ पुष १०, बिहीबार १५:००

जनकपुरधाम, पुष १० गते। ऐतिहासिक मधेश आन्दोलनका प्रथम वीर सहिद रमेश महतोका दाजु रामसोभित महतोलाई मधेश प्रदेश सभाका नवनियुक्त सभामुख माननीय रामअशिष यादवले विशेष सम्मान गर्नुभएको छ।

उक्त सम्मान कार्यक्रम एक औपचारिक समारोहका बीच सम्पन्न भएको हो। सभामुख यादवले मधेश आन्दोलनमा सहिद रमेश महतोले पुर्‍याएको योगदानको स्मरण गर्दै उहाँको बलिदानले मधेशको पहिचान, अधिकार र सम्मानका लागि ऐतिहासिक मार्ग प्रशस्त गरेको बताउनुभयो। साथै, सहिद परिवारप्रति राज्यको सदैव सम्मान र कृतज्ञता रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

सम्मान ग्रहण गर्दै रामसोभित महतोले सहिद रमेश महतोको सपना पूरा गर्न मधेशका जनप्रतिनिधिहरू इमान्दार र जनमुखी भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले सहिदहरूको बलिदानलाई केवल सम्झनामा सीमित नराखी व्यवहारमा उतार्न आग्रह गर्नुभयो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर