Advertisement

गिरिराजमणि पोखरेल माथि आरोप लगाउने भगतले मागे माफि

न्युजडेस्क
२०७८ पुष १५, बिहीबार २१:२१

काठमाडौं : नेकपा माओवादी केन्द्रको महाधिवेशनमा शहीदको सालिक भत्काएको भन्दै सुरु भएको विवाद अन्त्य भएको छ ।

प्रदेश २ को समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा टोली नेता सत्यनारायण भगतले महोत्तरीको खयरमारामा रहेको शहीद रामवृक्ष यादवको शालिक स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले भत्काउन लगाएको आरोप लगाएका थिए । पोखरेललाई कारबाही गर्नुपर्ने उनको माग थियो ।

आफूमाथि गम्भीर आरोप लागेपछि अध्यक्ष मण्डलमा रहेका पोखरेल बन्द सत्रमा जान मानेनन् । यो विषयको निर्क्यौल नगरेसम्म बन्द सत्रमा नजाने उनको अडान थियो । तर भगतले पोखरेललाई आरोपित गरेकोमा आत्मालोचना गर्दै पत्र लेखेका छन् भने नेतृत्वले पनि आरोप गलत भएको बताएपछि विवाद सुल्झिएको एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर