Advertisement

जसपाका प्रदेश अध्यक्ष विजय यादवद्धारा पदबाट राजीनामा

न्युजडेस्क
२०७८ आश्विन २४, आईतवार १४:४९

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल (जसपा) प्रदेश २ का अध्यक्ष विजय यादवले अध्यक्ष पदबाट राजीनामा दिएका छन ।

जसपा प्रदेश २ को जनकपुरधाममा समायोजनका लागि वैठक चल्दै गर्दा यादवले पदबाट राजीनामा दिएका हुन । प्रदेश २ का कृषि मन्त्री समेत रहेका यादवले अध्यक्ष पदका लागि विवाद भइरहदा उनले अध्यक्ष पदबाट राजीनामा दिएको स्रोतको भनाई रहेको छ ।

त्यसैगरि जसपाका प्रदेश २ का मुख्यसचिव शम्भु झाले समेत आफनो पदबाट राजीनामा दिएका छन । उनले समाजीक संजाल मार्फत लेख्दै पार्टीको साधारण सदस्यताबाट समेत राजीनामा दिएको वताएका छन । प्रादेशीक समितिका लागि समायोजन वैठक जनकपुरधाममा चलिरहेको छ भने वैठकमा पार्टीका राष्टिय अध्यक्ष उपेन्द्र यादवको पनि उपस्थिती रहेको छ । जनकपुर टुडे बाट

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर