धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं १८ भोइल गाउँमा प्रदेश न २ का प्रदेश सांसद माननीय रामअशिष यादव द्वारा सामुदायिक भवन शिलान्यास गरेका छ्न।
प्रदेश सांसद रामअशिष यादवको परिकल्पना तहत विधालय मा बरियाती, श्राद्ध कर्म को भोज सहित अन्य गैर शैक्षिक गतिविधिहरु नगर्न र विधालय मा पठनपाठन बाधित भैरहेको कार्य को व्यावस्थापन र शिक्षा सुधार अभियान मुख्य उद्देश्य को साथ सामुदायिक भवन को शिलान्यास गरेका छ्न।
प्रदेश सांसद रम अशिष यादव को संसदीय विकास कोष बाट १० लाखको लागतमा प्रथम चरण मा भोइल गाउँमा लब्की पोखरीको महार मा सामुदायिक भवन को निर्माण कार्य शुरु भने जानकारी गराएका थिए।
विधालयमा शैक्षिक गतिविधि सञ्चालन वाहेक अन्य कुनै कार्य नगर्न स्थानीयहरुलाई जानकारी गराउदै जनता समाजवादी पार्टी नेपालको लोकप्रिय नेता प्रदेश सांसद रामअशिष यादव आफ्नो निर्वाचन क्षेत्र को विभिन्न गाउँमा सामुदायिक भवन निर्माण का काम जारी राखेका छ्न।
शिलान्यास कार्यक्रममा प्रदेश सांसद रामअशिष यादव, जसपा संघीय परिषद सदस्य ई विजय मंडल, प्रदेश सदस्य ममता मंडल, जिल्ला अध्यक्ष पशुपति यादव,ई संतोष कुमार ठाकर, उपाध्यक्ष अम्भु प्रसाद साह, नगर अध्यक्ष विष्णु देव साह, सचिव रामु महरा, वार्ड अध्यक्ष रामशंकर पासमान, वार्ड सदस्य रामशंकर मंडल, भोगेन्द्र मंडल, रामअवतार मंडल सहित स्थानीयहरुको सहभागी थियो।











