Advertisement

जानकी मन्दिरमा टिकटक बनाउने युवक पक्राउ

न्युजडेस्क
२०७८ कार्तिक २, मंगलवार ०८:५६

जनकपुरधाम । जानकी मन्दिरको भित्र विवाहमण्डपमा टिकटक बनाउने एक युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

इस्लामी झण्डा सहितको सो टिकटक बनाई सामाजिक सद् भाव बिगार्न खोजेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका–५ बस्ने फरमान साफीको अन्दाजी २० वर्षीय छोरा अरमान साफीलाई पक्राउ गरिएको जिप्रकाका सूचना अधिकारी जितेन्द्र बहादुर बस्नेतले जनाए । स्थानीय सामाजिक अभियन्ता गणेश साहसहित जनकपुरधामका विभिन्न संघसंस्थाहरुले विवाहमण्डपमा टिकटक बनाएर धार्मिक सहिष्णुता बिगार्न खोजेको भन्दै युवकमाथि कारवाहीको मांग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएको थियो । सोही उजुरीको आधारमा युवकलाई पक्राउ गरि कारवाही अगाडि बढाईएको डीएसपी बस्नेतले बताए । युवकलाई पक्राउ गरि अनुसन्धान भईरहेको जानकारी दिँदै सार्वजनिक मुद्दामा कारवाही प्रक्रिया अगाडी बढाएको डीएसपी बस्नेतले स्पष्ट पारे । अरमान साफीको इस्लामी झण्डा सहितको टिकटक सामाजिक संजालमा भाईरल भएपछि विरोध सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर