Advertisement
☰

अश्लील हर्कत गरेको भन्दै पारलैङ्गिक पक्राउ

न्युजडेस्क
२०७८ बैशाख १४, मंगलवार १३:५६

भरतपुर– बाटोमा हिड्ने सर्वसाधारणसँग अश्लिल हर्कत गरेको भन्दै चितवन प्रहरीले पारलैङ्गिकलाई पक्राउ गरेको छ।

भरतपुर महानगरपालिकाको वडानम्बर ३ भरतपुर ओरालोस्थित सडक खण्डको एरियामा रातको समयमा हिँड्ने सर्वसाधारण मानिसलाई सामाजिक मर्यादा विपरीत अश्लिल हर्कत गरेको भन्दै प्रहरीले ६ जना पारलैङ्गिकलाई नियन्त्रणमा लिएको हो।

पारलैङ्गिकहरुले आफूहरुमाथि अश्लील हर्कत गरेको भन्दै स्थानीय बासिन्दाले मौखिक उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।बाटोमा हिँड्ने मानिसहरुलाई अश्लील हर्कतका साथै रातिको समयमा हो–हल्ला गरी सामाजिक शान्ति सुरक्षामा खलल् पुर्‍याएको उनीहरुमाथि आरोप लगाइएको छ।

पक्राउ परेका पारलैङ्गिकहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। पक्राउ परेका ६ जना पारलैङ्गिकमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर