Advertisement

जुवा अखाडामा प्रहरी छापा नेपाली कांग्रेसका जिल्ला सभापति पक्राउ

न्युजडेस्क
२०७८ कार्तिक १९, शुक्रबार १२:१६

काठमाडौं । महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले बिहीबार राति जोरपाटीको एक जुवा अखाडामा छापामारी १८ जना जुवाडेलाई पक्राउ गरेको छ ।

उक्त जुवा अखाडाबाट नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामासहितका जुवाडे पक्राउ परेका छन् । प्रहरीले उक्त जुवा अखाडाबाट ६ लाख ३२ हजार रुपैयाँ बरामद गरेको छ ।
नेपाली कांग्रेस दोलखाका सभापति लामालाई छुटाउन उच्चतहबाट चर्को दबाब परेको छ । तर तिहारको ३ दिन सार्वजनिक बिदा भएको र भाइटीकाको भोलिपल्ट समेत यसपटक सरकारले बिदा दिएकाले उनी ४ दिन हिरासतमा बस्नुपर्ने भएको छ ।

तर पक्राउ पर्नेमा दोलखा कांग्रेसका अरु नेताहरु पनि भएकाले छुटाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवासम्मलाई भनेर छुटाउने पहल भइरहेको स्रोत बताउँछ । जुवा अखाडाका संचालक सागर लामा समेत पक्राउ परेका छन् ।सागर लामाले संचालन गरेको उक्त जुवाअखाडामा ३ वटा समूह खेलिरहेको अवस्थामा कौडा समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर