Advertisement

जसपा मधेश प्रदेश सचिव युवा नेता यादवले दिए डा. सीके राउतलाई धन्यवाद

न्युजडेस्क
२०७९ माघ ७, शनिबार २२:१०

जनकपुरधाम : जनता समाजवादी पार्टी नेपालका मधेश प्रदेश सचिव तथा युवा नेता जितेन्द्र यादवले आफ्नो आधिकारिक फेसबुक मार्फत सीके राउतलाई आभार व्यक्त गरेका हुन्।
उनले आफ्नो फेसबुकमा लेखेका छन् “चुनाव अघि जसपा, नेपाल तथा पार्टीका अध्यक्ष श्रद्धेय उपेन्द्र यादव ज्यूलाई प्रमुख शत्रुको रूपमा जनमत पार्टीका अध्यक्ष आदरणीय डा. सिके राउत ज्यू अन्ततः जसपा, नेपालका अध्यक्ष ज्यूले गर्नु भएको संघर्ष र त्यसबाट प्राप्त उपलब्धीको प्रशंसा गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु ।

उहाले हिजो तपाईंको अभिव्यक्तिमा सधैँ जातियताको मुद्दालाई मूल नारा दिएर मधेसमा जसपा लाई कमजोर गर्ने रणनीतिका साथ आफ्नो पक्षमा संगठन निर्माण गर्ने परिपाटी गरे पनि संसद् भवन तथा आफ्नो अन्तर्वार्ता समेतमा गोपाल वंशीले यो मुलुकमा राज गरेको कुरा समेतलाई रणनीतिको रूपमा लिन सकिए तापनि यो कुरालाई आत्मसात गरेकोमा पून: धन्यवाद दिन चाहन्छु ।

उहाका अनुसार ढिलो भए पनि ऐतिहासिक मधेश आन्दोलन बाट प्राप्त उपलब्धीहरूको विषयमा आफ्नो मुखारबाट प्रशंसा गर्नु भएता पनि मधेश कमजोर हुनुमा यहाँको ठूलो भूमिका छ भने कुरालाई आत्मसात गर्न सक्नु पनि महान्तम हुने थियो । तर यो कुरालाई आत्मसात गर्न नसक्नु नै रणनीति तहत राजनीतिमा अघि बढ्ने नयाँ योजनाको रूपमा लिन सकिन्छ।

भित्र भित्रैको योजना एउटा र व्यवहारमा देखाउने योजना अर्को भएको स्पष्ट रोष्टममा बोलेको र समर्थन रहनेले मानिन्छ । अन्यथा जसरी रोष्टममा वहांले अभिव्यक्ति दिनुभयो सोही दिन सरकारलाई समर्थन फिर्ता गरेको भए यथार्थता परिणत हुन्थ्यो भने कुरा बुझ्नु जरूरी छ जस्तो लागेको छ। “एकिकरण अभियान नै उत्तम विकल्प हो तर स्पष्टता हुनु जरूरी छ।”

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर