Advertisement

रौतहटमा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु

न्युजडेस्क
२०७८ कार्तिक २८, आईतवार ०९:०६

रौतहट । रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको यमुनामाई गाउँपालिका-५ जुनखुनुवामा शनिबार राति करिब १० बजेतिर भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जना पुरुषको मृत्यु भएको हो ।

शनिबार राति घटनास्थलमा खटिएका एसपी विनोद घिमिरेका अनुसार युके १२ सी २९०० नम्बरको कार सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा थियो ।कारको सिसा फोडेर चार जना पुरुषलाई बाहिर निकालेर अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएलगत्तै डाक्टरहरूले चारै जनाको मृत्यु भएको घोषणा गरेको एसपी घिमिरेले जानकारी दिए ।

मृत्यु हुनेहरू मध्ये दुई जना भारतको बिहार बखरी बेतौना भन्ने गाउँका अरुन साह र दिनानाथ साह रहेका छन् भने अन्य दुई जनाको नाम सनाखत भएको छैन । घटनाबारे शनिबार राति नै भारतीय प्रहरीलाई घटनाबारे जानकारी गराइएको एसपी घिमिरेले बताए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर