Advertisement

झिटकहिया सरसफाईको लागि स्थानिय युवाहरुले वाडा अध्यक्षलाई बुझाए ज्ञापनपत्र

न्युजडेस्क
२०८२ आश्विन २६, आईतवार २०:५६

जनकपुरधाम, असोज २६ गते। औरही गाउँपालिका वाड न. १ झिटकहिया टोल स्थानिय युवा समूहले आफ्नो गाउँको सरसफाई अभियानलाई प्रभावकारी बनाउन युवाहरुले कार्यवाहक वडा अध्यक्ष सकिना खातुनलाई ज्ञापनपत्र बुझाइसकेको छ।

गाउँको मुख्य सडकको दुवैतर्फ अव्यवस्थित रूपमा राखिएको गोबर, दाउरा, गिट्टी, बालुवा, माटो लगायत अन्य निर्माण सामग्रीहरू, साथै पुलमाथि बाँधिएको मालजाल जस्ता अवरोध हटाउन युवाहरूले गाउँबासीहरुलाई
हार्दिक अपिल गरेका छन्।

त्यस्तैगरी, सडक छेउछाउमा फालिएका विभिन्न प्रकारका फोहोर र कचरा तत्काल हटाई सरसफाई अभियानमा साथ दिनुहुन पनि अनुरोध गरिएको छ।

गाउँको सौन्दर्य र सरसफाईलाई प्रोत्साहन गर्न आयोजित यस अभियानमा सबै टोलवासीको सक्रिय सहयोग आवश्यक रहेको युवा समूहले जनाएको छ।

“हामी सबैको सानो सहयोगले हाम्रो गाउँ सफा, स्वच्छ र व्यवस्थित बनाउन सकिन्छ,” – स्थानिय युवा समूह।

यसै सूचना मार्फत सम्पूर्ण स्थानीयवासीलाई जानकारी गराउँदै “जय युवा!” नारासहित स्वच्छ समाज निर्माणको लागि एकजुट हुन आग्रह गरिन्छ।

युवाहरूको सकृय र उत्साहित हेरी निवेदन बुझिए लगतै वाडा अध्यक्ष खातुनले वाडा कार्यलयबाट समेत सूचना निकाली सकेका छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर