Advertisement

सूर्य नेपालले तिर्‍यो सरकारलाई सबै भन्दा बढी कर

न्युजडेस्क
२०७८ मंसिर १, बुधबार ११:४४

काठमाडौं : १० औ राष्ट्रिय कर दिवस, ‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धि सुशासन, विकास र समृद्धि’ भन्ने नारासहित मनाइँदैछ।
आन्तरिक राजश्व विभागले औपचारिक कार्यक्रमको आयोजना गरेको छ। यस्तै विभाग अन्र्तगतका कार्यालयहरूमा पनि विभिन्न कार्यक्रम हुँदैछन्। विभागले स्थायी लेखा नम्बर लिएर मात्रै व्यवसायिक कारोबार गर्न सचेत गराएको छ।

विभागका महानिर्देशक शोभाकान्त पौडेलले यस वर्षलाई कर प्रणाली सुधार वर्षका रुपमा समेत मनाउन लागिएको जानकारी दिए। विद्युतीय माध्यमबाट विवरण फाइलिङ गर्न, कर भुक्तानीको म्याद भित्रै तिर्न, कर कानूनको पालना गर्न कर दाताहरुलाई विभागले अनुरोध गरेको छ।

बस्तु वा सेवाको खरिद गर्दा अनिवार्य रुपमा बिलबिजक लिने र दिने बानी बसाल्नको लागि विभागले आग्रह गरेको छ। पछिल्ला वर्षहरुमा निरन्तर करको दर बृद्धि भएपनि करको दायरा बृद्धि गर्न नसकेको तथा करलाई व्यवस्थित तरिकाले खर्च गर्न नसकेको भन्दै नीजि क्षेत्रहरुले सरकारको आलोचना गरेका छन्।

दिवसको अवसरमा शुभकामना दिदै प्रधानमन्त्री शेरबहादुर देउवाले सबै कर योग्य आर्थिक कृयाकलापलाई करको दायरामा ल्याई समन्यायिक, पारदर्शी र प्रविधिमैत्री राजश्व प्रणालीको विकास गर्ने सरकारको नीति रहेको बताएका छन्।
सक्षम र अनुशासित कर प्रशासन तथा सचेत र जिम्मेवार करदाताहरूको संयुक्त प्रयासबाट मात्रै आन्तरिक राजश्व परिचालनलाई उच्च बनाउन सकिनेमा देउवाले जोड दिएका छन्।
यसैबीच दिवसका अवसरमा सरकारले विभिन्न विधामा उत्कृष्ट १५ करदातालाई सम्मान गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले सम्मान गरेका हुन् ।

यस वर्ष सबै भन्दा बढी आयकर दाखिला गर्ने करदातामा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड बनेको छ। यस्तै सबैभन्दा धेरै कर तिर्ने सूर्य नेपाल प्रालि छ। त्यस्तै स्वास्थ्य क्षेत्रबाट सबैभन्दा बढी कर तिर्नेमा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल छ। यस्तै व्यक्तिगत करदाताबाट सिद्धार्थ शम्शेर राणाले सरकारलाई सबैभन्दा बढी कर तिरेका छन्। बैंकिङ तर्फ नबिल बैंकले सबैभन्दा बढी कर तिरेको छ। यस्तै निर्यात कारोबारबाट डाबर नेपाल, विशेष उद्योगमध्येबाट एशियन पेन्टस् नेपाल प्रालि, कृषि पशुपन्छी उद्योगबाट पूर्वाञ्चल एग्रीटेक प्रालि छन्।यस्तै सहकारीबाट छिमेक लघुवित्त, पर्यटन व्यवसायबाट तारागाउँ रिजेन्सी, बीमा कम्पनीबाट नेपाल पुनर्बीमा कम्पनी लिमिटेड छ। यस्तै मध्यमस्तरीय करदाताबाट कर दाखिला गर्ने करदाताबाट कर्जा सूचना केन्द्र कम्पनी, बस्तु व्यापारको कारोबारमा भाटभटेनी सुपरमार्केट छ। यसै गरी उर्जा उद्योगबाट हिमाल पावर छ।यसैगरि २०६६ साउनदेखि २०७८ असार मसान्तसम्म समयमै कर बुझाउनेमा घोराही सिमेन्ट रहेको विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर