Advertisement

ओलीले गणतन्त्र समाप्त गर्न खोजेको प्रचण्डले भनिसके : उपेन्द्र यादव

न्युजडेस्क
२०७७ मंसिर २२, सोमबार ०८:०५

जनकपुरधाम   । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बर्तमान प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली गणतन्त्र समाप्त गर्ने खेलमा लागेको आरोप लगाएका छन् । ओली यस्तो खेलमा लागेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै अर्का अध्यक्षले बताइसकेको उनले बताए ।

पार्टी निकट नेपाल बौद्धिक पेशाकर्मी महासंघद्वारा शनिबार जनकपुरधाममा आयोजना गरिएको ‘नेपालको बर्तमान राजनीति सन्दर्भ’ बिषयक अन्तरक्रियामा यादवले भने, ‘नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै ओली गणतन्त्र समाप्त पार्ने खेलमा लागेको भनेर आफ्नो प्रतिवेदन पेश गर्नुभएको छ । यसले प्रधानमन्त्री ओली संघीयता र गणतन्त्र समाप्त पार्ने खेलमा लागेको देखिन्छ ।’

देशमा व्यवस्था परिवर्तन हुँदै गएपनि शासक वर्ग परिवर्तन हुन नसक्दा यस्ता समस्या आउने गरेको उनले बताए । ‘शाषकवर्ग परिवर्तनन नभएकै कारण हासिल भएका उपलब्धीहरू गुम्ने खतरा बढेको छ’ उनले भने, ‘बर्तमान सरकार नै देशलाई धरासाही बनाउन उदृत छन् ।’

कार्यक्रममा पार्टीका नेता शरतसिंह भण्डारीले आन्दोलनबाट प्राप्त उपलब्धीलाई व्यवस्थापन गर्न सबै दल चुकेको बताए ।

प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले पछिल्लो समय कानुनै बनाएर प्रदेश सरकारका अधिकारहरू कटौती गर्न थालेको बताए । संघ सरकारको संघीयता विरोधी गतिविधिलाई परास्त गर्न आफूहरू कानुनी लडाईं लड्दै आएको बताए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर