Advertisement

आज समाचकेवा विसर्जन ( विशेष )

न्युजडेस्क
२०७८ मंसिर ३, शुक्रबार १८:५४

सन्तोष कुमार यादव

जनकपुरधाम, मंसिर ३ । जनकपुर सहित तराईका समुदायहरूमा अतिलोकप्रीय रहेको समाचकेवा पर्वको आज विसर्जन गरिदैछ ।

दाजुभाई तथा दिदीबहिनीको प्रेमको प्रतीका रुपमा मनाइने सामाचकेवा पर्वको रौनक जनकपुर सहित तराई मधेश क्षेत्रमा बढेर गएको छ ।

दाजू भाईको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना सहित मनाईने समाचकेवाका कारणले प्रत्येक साझ मिथिलाञ्चलका गाउँहरु संगितमय बन्ने गरेका थिए। समूहमा दीदिबहिनीहरु भेला भएर सार्वजनिक चौक तथा स्थलमा समाचकेवाको गित गाउने गरेकाले गाउँहरुको परम्परा समेत भएका छन्।

कात्तिक पूर्णिमासम्म मनाइने समा चकेवा समूहगत रुपमा खेल्ने परम्परा छ । छठ अन्तर्गत खरनाको रातिबाट विधिवत रुपमा सुरु गरी कात्तिक पूर्णिमाको मध्यरातिमा बिसर्जन गरिन्छ । समाचकेवा पर्व मनाउनका लागि मैथिल नारीहरु माइती जाने चलन समेत रहेको छ ।

रक्षा बन्धन तथा भाई टीका पर्व भ्याउन नसकेका दाजुभाई तथा दिदीबहिनी समेत यस पर्वमा सहभागी हुनुपर्ने मान्यता रहेको छ । नयाँ पुस्ताका महिलालाई माटाको मूर्ति बनाउने कलाको ज्ञानसमेत यस पर्वको माध्यमबाट प्राप्त हुने विस्वास मानिन्छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर