Advertisement

मन्त्री साहद्वारा सर्लाहीमा अक्सिजन प्लान्ट र शल्यक्रिया शिविरको उदघाटन

न्युजडेस्क
२०७८ फाल्गुन ६, शुक्रबार २०:०७

फाल्गुन ०६,सर्लाही । मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रादेशिक अस्पताल सर्लाहीमा जडित अक्सिजन प्लान्ट र पाठेघरको शल्यक्रिया शिविरको समुदधाटन गरेका छन।
मधेश प्रदेश सरकार,सामाजिक विकास मन्त्रालयको सहयोगमा जडित उक्त प्लान्टले पाईपलाईन मार्फत अक्सिजन सप्लाई गरि विरामीलाई सहयोग पुर्याईनेछ।
यस्तै उद्घाटित शल्यक्रिया शिविरमा १२० जना विरामीहरुलाई शल्यक्रिया गर्ने लक्ष्य लिएको छ।कार्यक्रममा सर्लाही जिल्ला समन्वय समितिको सभापति मेथुर चौधरी ,मलगंवा नगरपालिका प्रमुख निरशल साह,स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा,प्रदेश प्रयोगशालाका निर्देशक श्रवण मिश्र,सर्लाही जिल्ला प्रमुख अधिकारी,प्रादेशिक अस्पताल सर्लाहीका मे. सु. नवल किशोर झा लगायतका उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर