Advertisement

मधेशी जनताको माग पुरा नभए सरकार विरुद्ध कडा आन्दोलन गर्ने: जसपा नेता शेषनरायण यादव

न्युजडेस्क
२०७८ मंसिर ५, आईतवार ०८:१४

जनकपुरधाम, मंसिर ४ गते । जनता समाजवादी पार्टीका प्रभावशाली नेता शेषनारायण यादवले संविधान संशोधन नभए आन्दोलनकोलागि तयारी रहन चेतावनी दिएका छन् ।

उनले सरकारलाई हाम्रो पार्टीले संविधान संसोधन लगायत मधेशी जनताको माग सम्वोधन गर्नकालागि समर्थन दिएको बताउँदै संविधान संसोधन लगायत मधेशी जनताको माग पुरा नभए सरकार विरुद्ध कडा आन्दोलन मधेशी जनतालेनै गर्ने चेतावनी दिएका छन् ।

धनुषा जिल्लाको मिथिला नगरपालिकाको ढल्केवरमा जसपाले आयोजना गरेको पार्टी प्रवेश तथा समायोजन कार्यक्रमलाई सम्वोधन गर्दै उनले मधेशी जनताले आन्दोलनमा सहादत सरकारमा बस्नकालागि नभई मधेशी जनताको माग सम्वोधन गराउनकालागि गरेका कारण हाम्रो पार्टीकोलागि सरकारमा सहभागि हुनु कुनै लालुप्ता नभई संविधान संसोधनकालागि बाध्यता रहेको जिकिर गरेका थिए । मधेशी सपुतहरुको बलिदानी खेर नजाने भन्दै जसपाले उहाँहरुको सपना सकार गर्ने दावी गरेका थिए । मधेशमा पटक– पटक भएको आन्दोलनले पनि सामन्ती वर्गहरुको मधेशीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको र कानमा तुल हालेर सुतेको टिप्पणी गरेका थिए ।

केपी ओली प्रवृति मुलुकमा फ्ष्टाउँदै गएको जिकिर गर्दै नेता यादवले मधेशमा आन्दोलन गर्नु पर्यो भने सरकारले सामान्य रुपमा लिनु ठूलो दुर्भाग्य हुने बताएका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै धनुषा जिल्ला अध्यक्ष पशुपति यादवले पनि मधेशका सहिदहरुको सपना जसपाले पुरा गर्न दृढ रहेको बताउँदै अगामी दिनमा मधेशी जनतालाई आन्दोलन गर्न नपरोस भनि सरकारलाई आग्रह गरेका थिए ।

उनले मधेशी जनताको माग पुरा भएपछि मधेशी जनतालाई आन्दोलन गर्नु कुनै तुक नरहेको उनको भनाई थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सयौ जना जसपामा प्रवेश गरेका थिए । कार्यक्रममा जसपा धनुषा जिल्ला सचिव घन्शयाम यादव, चन्देश्वर महतो, प्रमिला सिंहले आफ्नो मन्तव्य राखेका थिए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर