Advertisement
☰

जनकपुरकाे मिथिला डिपार्टमेन्ट स्टाेरमा लागेको आगो नियन्त्रणमा आयाे, ठूलाे क्षति

न्युजडेस्क
२०७७ पुष ९, बिहीबार १६:४६

धनुषा – जनकपुरधाममा रहेको मिथिला डिपार्टमेन्ट स्टोरमा र एक रेस्टुरेन्टमा लागेको आगो नियन्त्रणमा आएको छ । जनकपुरथाम उपमहानगरपालिका २ शिवचोकमा रहेको डिपार्टमेन्ट स्टोरमा लागेको आगो भर्खरै निभाइएका छन।

धनुषा र महोत्तरीबाट पाँच वटा वारुण यन्त्र, प्रहरी र स्थानीयकाे सहयोगमा आगो निभाइएको हो । धनुषाको धनुषाधाम नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, सबैला न पा जनकपुर एअरपोर्ट र महोत्तरीको जलेश्वर नगरपालिकाको वारुण यन्त्र आगो निभाउन घटनास्थलमा पुगेको थियो ।

आगोले करोडौँ रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको उपमहानगरपालिकाका उपप्रमुख मिश्रको भनाइ रहेको छ । बिहीबार बिहान ११ बजेदेखि लागेको आगाे केही बेरअघि निभाइएको हो । आगलागीको कारण भने खुल्न सकेको छैन । 

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर