Advertisement
☰

जसपा पार्टी मधेस प्रदेशको अध्यक्ष रामबाबु यादव

न्युजडेस्क
२०७८ मंसिर १५, बुधबार १६:३६

जनकपुरधाम, मंसिर १५ गते । जनता समाजवादी पार्टी नेपाल प्रदेश २ को अध्यक्ष रामबाबु यादव बनेका छन् ।

बुधबार पार्टी कार्यालय जनकपुरमा भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विजय यादवलाई हटाएर रामबाबुलाई प्रदेश २ को अध्यक्ष बनाइएको हो ।

यादवको नेतृत्वमा ११ सदस्यीय मधेश प्रदेश समिति गठन भएको छ । मधेश प्रदेश समितिमा पाँचजना उपाध्यक्षमा बनाइएको छ ।

मुख्यसचिवसहित चारजना सचिव र एक जना कोषाध्यक्ष बनाइएको हो । रामपृत पासवान, शम्भु झा, शेष नारायण यादव, बृज मोहन तिवारी र रामसेवक यादवलाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ । 

यस्तै, दिनेश कुमार यादव मुख्य सचिव, असुफ अलि सचिव, निरा साह सचिव, शैलेश कुमार साह सचिव र रेणु यादवलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ 

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर