Advertisement

महामन्त्रीमा निर्वाचित गगन थापाले भने, ‘मसँग एक दिनपनि चुक्ने र थाक्ने सुविधा छैन’

न्युजडेस्क
२०७८ पुष १, बिहीबार २०:४९

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित गगनकुमार थापाले आफूसँग एक दिनपनि चुक्ने र थाक्ने सुविधा नभएको बताएका छन् । विहीबार महामन्त्री पदमा निर्वाचित भएपछि पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् ।

आफूले महाधिवेशनमा पाएको मतलाई न्याय गर्ने बताउँदै नेता थापाले भनेका छन्, ‘यो मतप्रति मैले न्याय गर्नुपर्छ । मसँग एक दिनपनि चुक्ने सुविधा छैन । एक दिन पनि थाक्ने सुविधा छैन ।’
साथै उनले अझै इमान्दारीपूर्वक र परिपक्क ढंगले जिम्मेवारी निर्वाह गर्ने बताउँदै उनले थपे, ‘म अझै इमान्दारिपूर्वक, परिपक्व ढंगले जिम्मेवारी निर्वाह गर्छु ।’ त्यस्तै महाधिवेशनले कांग्रेसलाई सम्पूर्ण रुपमा नेतृत्व बदल्ने अवसर दिएपनि महाधिवेशनले त्यस्तो म्याण्डेट नदिएको भएतापनि यसलाई स्वीकार्नुपर्ने उनको भनाइ छ ।महामन्त्रीको जिम्मेवारी सभापतिलाई सहयोग गर्ने भएको बताउँदै उनले भनेका छन्, ‘उहाँ चुक्नुभयो भने पार्टीको निर्णय गर्ने ठाउँमा उहाँलाई चुक्दै हुनुहुन्छ नचुक्नुस् भनेर खबरदारी गर्ने हो ।’शेखर कोइराला प्यानलबाट गगन थापाले ३ हजार २३ मत प्राप्त गरी महामन्त्रीमा विजयी भएका हुन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर