Advertisement

कमला नगरपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर संचालनमा

न्युजडेस्क
२०७८ पुष ७, बुधबार १८:२४

सन्तोष कुमार यादव

धनुषा : कमला नगरपालिका- १ श्री जनता मा.बि.मङ्गराहास्थित यहि पौष ९ र १० गते दुईदिने बृहत निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ।

मेदनता रिसर्च क्लिनिक प्रा.लि. र साना किसान तथा कृषि सहकारी संस्था द्वारा आयोजना गर्दै हुनेछ। उक्त शिविरमा जनकपुरको प्रादेशिक अस्पतालका बरिष्ठ विशेषज्ञ डा. दिग्विजय कुमार ठाकुर र अन्य विशेषज्ञ डाक्टरहरुद्वारा सुगर, थाईराइड, व्लडप्रेसर, छाति सम्बन्धि दम, पेट , मुटु ,लिभर र किडनी महिला तथा प्रसुती रोग, नाक कान घाँटी, सामान्य चिकित्सक तथा बालरोग आदिको उपचार, दिसापिसाब, रगत जाँच, सामान्य घाउ खटिराको उपचार लगायत अन्य सुविधा उपलब्ध हुनुका साथै आवश्यक औषधिसमेत निशुल्क उपलब्ध गराउने आयोजकले जनाएको छ।

समाजसेवी तथा बरिष्ठ चिकित्सक डा. दिग्विजय कुमार ठाकुरको विशेष पहल र सहयोगमा वृहत निशुल्क स्वास्थ्य शिविर संचालनमा लाइएको छ। उहाँलेे हालै उद्वघाटन गरेको क्लिनिकले परोपकारी र सामुदायिक भावनाको जगमा सेवा गर्ने नीति लिएको डा. दिग्विजय ठाकुरले बताए। पूर्वी धनुषामा सेवा प्रदान गरी विश्वास जित्न सफल भएका डा. दिग्विजय कुमार ठाकुरले ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको समाजसेवी सुरेन्द्र यादवले बताए।
साथै प्रत्येक वर्ष यस्तै वृहत निशुल्क स्वास्थ्य शिविर लाग्ने जनकारी समते डा. दिग्विजय कुमार ठाकुरले जनकारी दिनुभयो छ।

सो कार्यक्रम समाजसेवी शिक्षक अशोक मण्डल, सुरेन्द्र यादव, राम जीवन मण्डलको विशेष अगुवाइमा सञ्चालन हुनेभएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर