Advertisement

जनमत पार्टीद्वारा आम हडताल दर्जनौं गाडी तोडफोड, ७ राउण्ड आश्रुग्यास प्रहार

न्युजडेस्क
२०७८ पुष ११, आईतवार ११:५२

सन्तोष कुमार यादव

सिरहा जिल्लास्थित किसानहरुको समस्या समाधानको माग गर्दै जनमत पार्टी र किसान आन्दोलन संघर्ष समितिले घोषणा गरेको आम हडतालका कारण पूर्व पश्चिम राजमार्गको सिरहा खण्ड बिहानैदेखि जुलुस प्रदर्शन गरेको छ। जनमत पार्टी द्वारा आम हडतालमा आधा दर्जन सवारी साधनमा तोडफोड गरिएको छ ।

जनमत पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै आईतबार सिरहा जिल्लाभरि आम हडतालको घोषणा गरेको थियो । आईतबार एक दिनको लागि अति आवश्यक बाहेक सम्पूर्ण शैक्षिक सँस्थान, कलकारखाना, यातायात समेत बन्द गर्न घोषणा गरेको थियो।

सिरहाको मिर्चैयामा मिर्चैया देखि पूर्व बतहा खोलास्थित, मिर्चैया बजार लगायत पूर्व पश्चिम राजमार्गमै विभिन्न ठाउँमा तोडफोड भएको हो । स्थिति आक्रमक बनेपछि रोक्नको लागि सिरहा प्रहरीले ७ राउण्ड आश्रुग्यास प्रहार गरेको बताइएको छ । अहिले स्थिति समान्य रहेको र यदि कसानलाई माग र रिहाइको माग पुरा नभए देशभरी आन्दोलन हुनेछ जनमत पार्टीका वडाध्यक्ष डा. रमेश यादवले जानकारी दिए।

सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच केही बेर झडप समेत भएको थियो । झडपको क्रममा केही प्रहरी र प्रदर्शकारी समेत घाईते भएको जनाईएको छ । गत साताको मँगलबार सिरहाको औरही गाउँपालिकाबाट किसानहरुले गहुँको बीउ लगेपछि प्रहरीले एक किसानलाई पक्राउ गरेको हो । उनको रिहाईको माग गर्दै जनमत पार्टीले आन्दोलन स्वरुप एक दिने आम हडतालको घोषणा जनमत पार्टीका वडाअध्यक्ष डा.रमेश यादबले बताए

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर