Advertisement

महन्थ र महतोको इसारा मा यादवले दर्ता गराए राजपा नेपाल

न्युजडेस्क
२०७८ असार २५, शुक्रबार २१:१८

जनकपुरधाम हरिनारायण यादव नेतृत्वमा राजपा नेपाल दल दर्ता गर्न शुक्रबार निर्वाचन आयोगमा निवेदन दर्ताका लागि निवेदन पेश गरेको हो । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, नामक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।

उपेन्द्र यादव को नेतृत्व स्विकार्न नसक्ने महन्थ राजेन्द्र फेरि पनि यादब कै सरणमा पुगेका छ्न। यादवको नेतृत्वमा २१ सदस्यीय केन्द्रीय समिति रहने गरी राजपा नेपाल दर्ता गर्न आयोगमा निवेदन पेश गरेको दर्ता नम्बर १५४८ रहेका यादव ले जानकारी दिनु भयो।

एक वर्षअघि तत्कालीन राजपा र समाजवादी पार्टी एकीकरण भएर जसपा बनेको थियो । बिगत केही दिन जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद चलिरहेको बेला यादव महन्थ र महतो कै इसारामा निर्वाचन आयोगमा राजपा नेपाल दर्ता गराउनु भएको हु भने जानकारी दिए ।

तत्कालीन राजपाको चुनाव चिह्न छाता जसपाले पाइसकेको छ । सोही कारण नयाँ दलले ‘पञ्जा’ चुनाव चिह्न दाबी गरेको छ । राजपा नाममा नयाँ दल दर्ता गराएको यादवले पुष्टि गरे ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर