Advertisement

पुष १७ र १८ गते समाजवादीको राष्ट्रिय दलित भेला जनकपुरधाममा हुने

न्युजडेस्क
२०७८ पुष १२, सोमबार २०:५१

जनकपुरधाम, पुष १२ गते। समाजवादी दलित मुक्ति संगठनको राष्ट्रिय दलित भेला मधेश को केन्द्र जनकपुरधाममा भव्यताका साथ गर्ने भएको छ।

पुष १७ र १८ गते हुने राष्ट्रिय भेला मा मधेश आन्दोलनका जनक जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, समाजवादी नेता संघीय मन्त्री राजेन्द्र श्रेष्ठ सहित का नेता हरु को सहभागिता हुने कुरा राष्ट्रिय भेला आयोजक समिति का चन्देश्वर पासवान ले बताएका छन्।
जनता समाजवादी पार्टी नेपाल धनुषा का अध्यक्ष पशुपति यादव को अध्यक्षता भएको तैयार समिति को बैठक बाट जिल्ला उपाध्यक्ष अम्भु प्रसाद साह को संयोजकत्वमा २५ सदस्यीय राष्ट्रिय भेला व्यवस्थापन सहयोग समिति गठन गरिएको छ।

राष्ट्रिय भेला तैयारी बैठक मा समाजवादी नेता प्रदेश सांसद रामअशिष यादव, प्रदेश सांसद चमेली देवी दास, केन्द्रीय सदस्यहरु उमेश साह,अरुण सिंह मंडल, राम गोविन्द यादव,श्री चन्द्र मुखिया,बेचन मुखिया, चन्देश्वर सदा,प्रदेश उपाध्यक्ष शेषनारायण यादव, जिल्ला अध्यक्ष पशुपति यादव, बौद्धिक पेसाकर्मी उपाध्यक्ष जितेन्द्र यादव, सहित पार्टी का केन्द्रिय सदस्य हरु, संघीय परिषद सदस्य हरु, नगर अध्यक्ष हरु र भातृसंगठन का जिल्ला अध्यक्ष हरुको सहभागिता रहेका छन्।
जनकपुरधामको कलवार कुट्टिमा आयोजन हुने राष्ट्रिय दलित भेलालाई व्यवस्थापन गर्न पार्टी का सबै जिम्मेवार साथी हरुले सक्रियता का साथ लाग्नु पर्ने निर्णय गरिएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर