Advertisement
☰

सांसद थापाले च्याते संसदभित्रै बजेट किताब

न्युजडेस्क
२०८२ असार ५, बिहीबार २१:२२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सांसद अमरबहादुर थापाले बजेट पुस्तिका सदनमै च्यातेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको बजेटमा एकाधिकार कायम गरिएको र जनताप्रति उत्तरदायी नभएको भन्दै उनले बजेट पुस्तिका सदनमै च्यातेका हुन् । उनले भने, ‘भौतिक मन्त्रालयको बजेटले धेरै जिल्ला सम्बोधन गर्न सकेन । अहिलेको बजेट नेतामुखि भएको हुनाले बजेटको किताब हेरेँ, जनताबाट उठेको राजस्वले जनताप्रति उत्तरदायित्व लिएको छैन । एकाधिकार कायम गरेकाले अनुमति लिएर सदनभित्र यो किताब च्यातेको छु ।’

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर