Advertisement

गण्डकी सरकारका ४ मन्त्रीको कार्यविभाजन टुंगियो
कसले कुन मन्त्रालय पाए ?

न्युजडेस्क
२०७८ असार १२, शनिबार १८:३८

पाेखरा । गण्डकी प्रदेश सरकारका मन्त्रीहरूको कार्यविभाजन टुंगो लगाइएको छ । गत जेठ २९ गते मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेल नियुक्त भएर शपथ ग्रहण गर्दा सँगै ४ जनाले विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका थिए । चारै जना मन्त्रीहरुको कार्यविभाजन टुंगो लागेको हो ।

यसअघि केही मन्त्रालयमा भागवण्डा नमिल्दा गठबन्धन दलहरुभित्रै विवाद बढेको बताइएको थियो । अन्ततः चारैजना मन्त्रीहरुको कार्यविभाजनमा सहमति जुटेको हो । जसअनुसार नेपाली कांग्रेसका कुमार खड्काले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने माओवादी केन्द्रबाटकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।यसअघि अर्थ मन्त्रालय र भौतिक विकास मन्त्रालयको जिम्मेवारी बारे विवाद भएको थियो ।

कांग्रेसका खड्काले यी दुईमध्ये एक दाबी गर्दै आएका थिए, तर अन्तमा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी लिन उनी सहमत भएको बताइन्छ ।यसैगरी, जनता समाजवादीका हरिशरण आचार्यले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् भने स्वतन्त्र रुपमा निर्वाचित भएर आएका दीपक मनाङेले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् ।हाल अर्थ मन्त्रालय, भौतिक पूर्वाधार, आन्तरिक मामिला तथा कानुन र कृषि, पर्यटनलगायतका बाँकी मन्त्रालय मुख्यमन्त्री पोखरेलले नै राखेका छन् । यी मन्त्रालयमा चाँडै नयाँ मन्त्रीहरु नियुक्त गरी कार्यविभाजन गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर