Advertisement

मधेश प्रदेशबाट राष्ट्रिय सभामा उम्मेदवार अर्याल विजयी

न्युजडेस्क
२०७८ माघ १२, बुधबार १९:०७

जनकपुरधाम । मधेश प्रदेशमा राष्ट्रियसभाका लागि भएको निर्वाचनमा महिला तर्फ सत्ता गठबन्धनकी उर्मिला अर्याल विजयी भएकी छिन् ।

सत्ता गठबन्धनको महिला समूहबाट माओवादी केन्द्रकी उर्मिला अर्याल ६ हजार १ सय ५६ मत ल्याएर विजयी भएकी हुन् ।

एमाले–लोसपा गठबन्धनबाट महिला तर्फ उम्मेदवारी दिएकी लोसपाकि रुपाकुमारी यादवले २ हजार ७ सय ५४ मतभार मात्रै ल्याउन सकिन् ।

यता महिला समूहबाट लोसपाकी उम्मेदवार रुपालाई समर्थन गरेकी विना देवी साहलाई समेत परेको छ । विनालाई ३ सय ६ मतभार परेको हो ।

महिला समूह तर्फको मतदानमा प्रदेश तर्फ ३ र स्थानीय तर्फ १६ मतदाताको मत बदर भएको थियो । यस हिसाबले ४ सय ३२ मतभार बदर भएको हो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर