Advertisement

पल शाह कारागार चलान (यस्ताे छ आदेशकाे पूर्णपाठ)

न्युजडेस्क
२०७८ चैत्र ११, शुक्रबार ०६:१४

काठमाडाैँ- नाबालिग किशोरीसँग अवैध सम्बन्ध राखेको आरोपमा नायक पल शाहलाई थुनामा पठाउन जिल्ला अदालत तनहुँले आदेश दिएको छ । बुधबार र बिहीबार भएको थुनछेक बहसपछि जिल्ला अदालत तनहुँले शाहलाई जेल चलान गर्न आदेश दिएको हो । 

एक नाबालिका गायिकालाई विवाह गर्ने प्रलोभनमा पारेर पटक–पटक शारीरिक सम्बन्ध राखेको भन्दै पलविरूद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो।


शाहका म्यानेजर कृष्णप्रसाद जोशी पनि मतियारको रूपमा संलग्न भई दोषी किटान भएका छन् । जोशीलाई एक लाख धरौटीमा साधारण तारेखमा रिहा गरिएको छ ।

तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासको आदेशमा भनिएको छ, ‘प्रस्तुत मुद्दा यस अदालतमा विचाराधीन रहेको र साक्षी प्रमाण बुझ्ने समेतको कार्य बाँकी नै रहेको हुनाले अनुसन्धान अभियोजन एवं न्यायिक काम कारबाहीको विषयमा र पीडित तथा प्रतिवादी लगायत निजहरुका परिवारजन समेत उपर अमर्यादित र अश्लील ढंगले टिका टिप्पणी नगरी दिनका निम्ति आम सञ्चार माध्यम, कानुन व्यवसायी र सर्वसाधारण सबैमा इजलास विनम्र अनुरोध गर्दछ।’

आदेशमा पलले पीडीतलाई जबरजस्ती करणी गरेको कुरामा पूर्णत : इन्कार गरेको भएता पनि उनले मौकामा गरेको बयान हेर्दा राति १२ बजे पीडितलाई म्यासेज गरी साथीहरुसँग खाइ बाँकी हरेको वियर लिएर पीडितको कोठामा प्रवेश गरेको तथ्यलाई पलले स्वीकार गरेको पाइएको उल्लेख गरिएको छ । 

फैसालामा भनिएको छ,’ एक्लै सुतेकी बालिकाको कोठामा राति १२ बजेतिर प्रवेश गर्नु पर्ने कुनै औचित्यता प्रतिवादीले देखाउन सकेको पाइएन । यसरी राति पीडितको कोठामा प्रवेश गरेको भन्ने प्रतिवादीको स्वीकारोक्ती सोही राति निजले पीडतलाई जबरजस्ती करणी गरेको तथ्यसँग मिल्न भिड्न आएको देखियो।’

पलले बालिकालाई माया प्रेम गर्ने तथा विवाहको झुठो आश्वासन दिइ पहिला पनि पटक पटक जबरजस्ती करणी गरेको भन्ने पीडितले मौकामा व्यक्त गरेको घटना विवरण काजबाट देखिने फैसलामा उल्लेख गरिएको छ । 

पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवसायीले बहस गरेका थिए । पल विरुद्ध फागुन ११ गते नाबालिका गायिकाले तनहुँ प्रहरीमा उजुरी गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर