Advertisement
☰

बालबालिकालाई अश्लील क्रियाकलापमा संलग्न गराउने अञ्जली अधिकारी पक्राउ

न्युजडेस्क
२०८१ जेष्ठ १, मंगलवार ८:०३

काठमाडौं । ‘स्ट्रिप च्याट’मार्फत बालबालिकाहरुलाई अश्लील यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक पाँचपोखरीकी अञ्जली अधिकारी रहेकी छिन् ।आर्थिक हिसाबले विपन्न परिवारका बालबालिकाहरूलाई आर्थिक प्रलोभनमा पारी ‘अनलाइन टाइपिङ’को रोजगारी दिलाइदिने नाममा अधिकारीले अश्लील कार्य गर्न लगाएको प्रहरीको आरोप छ ।
अधिकारीले सामाजिक सञ्जालमा ‘स्ट्रिप च्याटः फ्रि लाइभ सेक्स क्याम्स एण्ड एडल्ट च्याट विथ न्याकेड गर्ल्स’ नामको एकाउन्ट खोलेर लाइभ भिडियो च्याटमा बस्दै आएकी थिइन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अधिकारीलाई गोकर्णेश्वर नगरपालिका–माकलबारीबाट नियन्त्रणमा लिएको थियो । उनलाई थप कारबाहीको लागि प्रहरी परिसर टेकुमा पठाइएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर