Advertisement

धनुषामा एक पालिका जितेर जसपाले खाता खोल्यो

न्युजडेस्क
२०७९ जेष्ठ ३, मंगलवार ०७:२३

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)ले धनुषामा एक पालिका जितेको छ ।  जिल्लाका अन्य पालिकाहरुको मतगणना भइरहेको वेला जसपाले जनकनन्दनी गाउँपलिकाको अध्यक्ष पद जितेर खाता खोल्न सफल भएको हो ।

 जसपाबाट जनकनन्दनी गाउँपलिकाको अध्यक्ष पदका उम्मेदवार दिपेन यादव विजयी भएका हुन । यादव तीन हजार एक सय ५७ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार सुदेश कुमार चौधरीले  दुई हजार ७ सय ७८ मत ल्याएको  निर्वाचन अधिकृत ठुलबाबु दाहालले जानकारी दिए । 

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर