Advertisement
☰

प्रदेश न २ का मुख्यमन्त्रीको बोर्ड हटाउनेलाई कार्वाही गर्न समाजवादी युवा संघको माग

न्युजडेस्क
२०७८ भाद्र १३, आईतवार २१:४८

जनकपुरधाम। प्रदेश नम्बर २ मा जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी युवा संघ धनुषाले एक विज्ञप्ति जारी गर्दै सामाजिक, धार्मिक खल्बल्याउने व्यक्तिलाई २४ घन्टा भित्र कार्वाही गर्न जिल्ला प्रशासन कार्यालय धनुषालाई ध्यानाकर्षण गराएको संघका अध्यक्ष दिपेन्द्र कुमार कापरीले बताउनुभयो।

विज्ञप्तिमा पछिल्लो केहि दिनयता नेकपा एमाले निकट अराजक तत्वहरुले कानुन राज्यलाई धज्जी उडाउदै प्रदेश सरकारको जनचेतना मुलक होर्डिङ बोर्डहरु हटाउदै सामाजिक र धार्मिक सद्भावनै खलबलिने गरि अराजक गतिविधिमा भएको हुँदा त्यसता अराजक व्यक्तिहरुलाई २४ घन्टा भित्र कानुनी कार्वाहीको लागि समाजवादी युवा संघ धनुषाले जोडदार माग गरेको उल्लेख छ।

जानकी मन्दिरको निर्माणदेखि हालसम्म कुनैपनि सरकारले मन्दिरको मर्मत तथा साैन्दर्यीकरणमा एक सुकोपनि लगानी नगरेको अवस्थामा जनता समाजवादी पार्टी नेपाल नेतृत्वको प्रदेश सरकारले मन्दिरको साैन्दर्यीकरणमा करोडौं खर्च गरि मन्दिरको गरिमालाई अझ उकास्ने कामको नेतृत्व लिनु हुने प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको तस्बिर माथि मुस्लिम हो भन्दै धार्मिक सद्भावनै खल्बल्याउने प्रयास गरेको हुँदा धनुषा प्रशासनले त्यस्ता अराजक व्यक्तिहरुलाई कानुनी कार्वाही नगरेमा समाजवादी युवा संघ धनुषाले कार्वाही गर्न बाध्य हुने र त्यसको सम्पुर्ण जिम्मेवारी प्रशासनकै हुने समेत जानकारी गराएको अध्यक्ष कापरीले बताए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर