Advertisement
☰

माता दुर्गा भवानीको लंगडी चौक बाट निस्कयो जलयात्रा

न्युजडेस्क
२०७९ आश्विन १०, सोमबार २१:१०


राजन कुमार बानिया
पर्सा १० असोज
पर्साको धोबिनी गाउँपालिका वडा नं ४ लंगडी चौकमा बिजयादशमी, नवरात्री अवसरमा हुन लागेको माता रानी दुर्गा भवानी को अाज घटस्थापनाको पहिलो दिन जल यात्रा धुमधामको साथ निकालिएको थियो। जलयात्रामा ४ सय जना कन्या कुवारी हरुले जल यात्रामा सहभागी भएका थिए। जलयात्रा लंगडी चौकमा रहेको माता दुर्गा भवानी को पुजा स्थल बाट निसकेको जलयात्रा लंगडी , बखरी गाउँ परिक्रमा र देबी देवता हरुलाई पुजा गरि लंगडी गाउँ को छठियाघाट सिकटा खोलामा गएर जल भरेर दुर्गा भवानीको स्थलमा फर्केको थियो। जलयात्रामा बाजा गाजाको साथमा निसकेको जलयात्रामा पंडित केदार पाण्डे,वडा अध्यक्ष अबास मियाँ, दुर्गा पुजा समितिका बिरेन्द्र साह कलवार ,कमरुल मियाँ ,हरेन्द्र साह कानु, राजेन्द्र साह, लालबाबु पटेल, राममुर्ती साह,पत्रकार लालबाबु बानिया,राजन बानिया,प्रदिप पटेल,रोशन चौरसिया,पिन्टु पटेल,राजकिशोर गुप्ता,मुना सहनी,सामबाबु पटेल,लगायत हजारौको संख्यामा कुवारी कन्या ,महिला, बालबालिका ,पुरुष,युवा लगायत हजारौ को सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर