Advertisement

नवनिर्वाचित बालेन साहको शपथ ग्रहण समारोह

न्युजडेस्क
२०७९ जेष्ठ १६, सोमबार १५:५२


काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

स्वतन्त्र रुपमा चुनाव लडेर मेयर पद जितेका बालेन्द्र साह (बालेन) शपथ ग्रहण समारोह स्थल राष्ट्रिय सभागृहको प्रमुख आकर्षणको केन्द्रमा थिए । उनी दौरा सुरुवाल र कालो भादगाउँले टोपी लगाएर शपथ ग्रहण समारोहमा पुगेका थिए ।

उनलाई मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शपथ ग्रहण गराए । नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि बालेनले नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गरेका थिए । उनका समर्थकहरुले राष्ट्रिय सभागृह खचाखच भरिएको थियो । बालेनको समर्थनमा उनीहरुले नारा लगाएका थिए ।

बालेनले शपथ ग्रहण गरिसकेपछि उनले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराए । बालेनले नेपाली भाषामा शपथ ग्रहणको व्यहोरा वाचन गरे पनि सुनिताले नेपाल भाषामा शपथ ग्रहण गरिन् । त्यसपछि मेयर साहले वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए ।

अरु जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गर्दै फूलमाला लगाइदिए पनि बालेनले भने माला लगाएनन् । उनी शपथ ग्रहण समारोह औपचारिक समापन नहुँदै राष्ट्रिय सभागृहबाट बाहिरिएका थिए ।समापन मन्तव्यको क्रममा प्रमुख निर्वाचन अधिकृत खतिवडाले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिंदै आगामी दिनमा छिटो निर्वाचन परिणाम सार्वजनिक गर्ने व्यवस्थाबारे सोच्न सुझावसमेत दिए ।

प्रमुख निर्वाचन अधिकृत खतिवडा बोलिरहेको बेला मञ्चबाट बाहिरिएका बालेनले आजै काठमाडौं महानगरपालिकाको आफ्नो कार्यकक्षमा पुगेर कार्यभार सम्हालेका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर