सिमावर्ती क्षेत्र संग जोडिएको नगराईन स्थित मोक्षधाममा वृक्षारोपन गरिएको छ।
प्रदेश सांसद बौध्दिक नेता शिवचन्द्र चौधरीको संसदीय कोषबाट सौन्दर्यीकरण भएको मोक्षधाममा गंगासागर सफाई अभियन्ता ई संतोष कुमार ठाकुरको संयोजनमा भएको वृक्षारोपन कार्यक्रम मा पर्यावरण योध्दा प्रदेश सांसद रामअशिष यादव, प्रदेश सांसद शिवचन्द्र चौधरी,ई राम विलास ठाकुर, पर्यावरण योध्दा बैधनाथ सिंह युवा अभियान्ता समाजसेवी अखिलेश यादव, युवा व्यवसायी आमोद यादव सहित स्थानीय बासीहरुको सहभागिता रहेको थियो।
मानव सभ्यता र स्वच्छ वातावरणका लागि पर्यावरण योध्दाहरुले मोक्ष धाममा नीम,गोल्डमोहर, राजवृक्ष, अशोक र भलसरी जातको विरुवा हरु रोपिएका छन।











