Advertisement

जसपा नेपालका युवा र विद्यार्थीहरुद्वारा ‘शहिदगेटको बृहत सरसफाई’

न्युजडेस्क
२०८१ माघ ४, शुक्रबार १८:०९

जनकपुरधाम, माघ ४ गते। जनता समाजवादी पार्टी नेपालको भातृसंगठन समाजवादी विद्यार्थी युनियन नेपाल र समाजवादी युवा संघ नेपालले संयुक्त रुपमा शहिदगेटमा शहिदहरुको शालिकको बृहत सरसफाई गरेका छन्।

शुक्रबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-१४ का अध्यक्ष पुण्यप्रसाद यादवको बिशेष पहल तथा सहयोगमा उपमहानगरपालिकाका सम्पूर्ण सरसफाई कर्मचारी, पानी ट्यंकी र बारुण यन्त्रको बिशेष सहयोगमा बृहत सरसफाई गरिएको हो ।

समाजवादी विद्यार्थीका जिल्ला अध्यक्ष रामभगत यादवको नेतृत्वमा जनकपुरधाम-१४ स्थित मुजेलिया भएको कार्यक्रममा जसपा नेपालका केन्द्रिय सदस्यद्व्य लालकिशोर साह र जितेन्द्र यादव, विद्यार्थीका बलिराम कापरी, रामकुमार साह, किशन यादव, रोहित यादव र धिरु यादवसहित पार्टीका नेता तथा कार्यकर्ता, विद्यार्थी, युवा र स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो।

यसका साथै भोलि शनिबार अर्थात माघ ५ गते मधेश बलिदानी दिवसको अवसरमा जनकपुरधाम-१४ मुजेलियामा शहिदगेटमा शहिदहरुको शालिकमा माल्यार्पण र जनकपुरधामको रमेश चौकमा साझ ४:०० बजे दिपप्रज्वलन गरि श्रद्धाञ्जली सभा मनाउने विद्यार्थी जिल्ला अध्यक्ष यादवले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर