Advertisement
☰

महिलाको सिक्री लुटेको आरोपमा युवा पक्राउ

न्युजडेस्क
२०७९ जेष्ठ २०, शुक्रबार १०:४६


काठमाडौं। प्रहरीले सडकमा पैदल हिंडिरहेकी महिलाको सिक्री लुटेको आरोपमा एकजना युवालाई पक्राउ गरेको छ ।काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-४ घर भई वडा ५ मा बस्‍ने ३५ वर्षीय राकेश नगरकोटीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले डेढ लाख बराबरको सुनको सिक्री बरामद गरेको छ ।
पक्राउ परेका नगरकोटीमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद २० को दफा २४१ अनुसार डाँका चोरी सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्‍याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर टेकुले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर