• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

नेपाल प्रवेश गरेका सलहका झुन्ड हराए, चिसोले मरेको हुन सक्‍ने विज्ञहरुको अनुमान

२०७७ असार २२, सोमबार १५:२०
नेपाल प्रवेश गरेका सलहका झुन्ड हराए, चिसोले मरेको हुन सक्‍ने विज्ञहरुको अनुमान

काठमाडौं /  भारतबाट नेपाल प्रवेश गरेको सलहको झुन्ड हराउँदै गएको प्लान्ट क्‍वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । करिब ८० लाखको संख्यामा सलह नेपाल प्रवेश गरेको थियो ।

सलह सूचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले दुई दिनयता सलहका झुन्डहरु नदेखिएको बताए । उनले भने,’दुई दिनयता उडेका छैनन् । झुन्ड टुक्रिएर तितरवितर भए । लेकतिर लागेकाका मरे र केही हराएर गए । ‘

उनले नेपालमा प्रवेश गरेका सलहको झुन्डलाई अनुकूल वातवरण नभएकाले पनि हराएको बताए । सलहका केही झुन्डहरु उच्च हिमाली क्षेत्रमा पनि गएका थिए । चिसो क्षेत्रमा सलह बाँच्‍न सक्दैन । सुवेदीले भने,’लेकतिर गएका सलहहरु बाँच्‍नै सक्दैनन् । केही मरे र केही निस्क्रिए भए । ‘ कम तापक्रम भएकै कारण हिमाली जिल्लाहरुमा पुगेका सलह मरेको हुन सक्ने उनले बताए ।

नेपाल प्रवेश गरेका झुन्ड कहाँ हराए ?

किट विज्ञहरुले नेपालभित्र फैलिएका सलहका झुन्डहरुबाट टुक्रिँदै समूहमा फैलिएर विभिन्‍न जिल्लामा पुगेको थियो । मुलुकका ५५ वटा जिल्लाहरुमा सलहको उपस्थिती देखिएपनि झुन्डहरु २७ जिल्लामा मात्र देखिएका थिए । झुन्डहरु टुक्रिएर समूह हुँदै सिमित संख्यामा गन्‍न सकिने गरी जिल्लाहरु पुगेको थियो । रुकुम,कालीकोट,बाग्लुङ,मुस्ताङ,जाजरकोटमा देखिएका सलह चिसो भएकाले मरेको हुन सक्‍ने विज्ञहरुले अनुमान गरेका छन् ।

पहाडी जिल्लामा पुगेको झुन्डलाई बस्‍ने उपयु्क्त वातावरण नहुँदा त्यही निस्क्रिय भएको हुनसक्‍ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलह अध्ययन गर्न गठन गरेको कार्यदलका विज्ञ सदस्य सुनिल अर्यालले कान्तिपुरलाई बताए । झुन्ड टुक्रिएर धेरै ठाउँमा फैलिएकाले खतरा नहुने उनले बताए । उनले भने,’दुई दिनसम्म कतै पनि उडेको देखिएको छैन । अझ एकदुई दिन हेरौं । ‘

सलह सूचना केन्द्रका प्रमुख सुवेदीले केही दिनयता निरन्तर रुपमा पानी परिरहेकाले पनि सलह फैलन नसकेको बताए । उनले सतर्क भएर भने बस्‍नुपर्ने बताए । पानी परेर निस्क्रिय भएको र खान नपाउँदा सलह कक्रक्कै परेको अनुमान विज्ञहरुले बताए ।

१६ सयदेखि १८ सय मिटर उचाईसम्म उड्न सक्ने सलह हावाको चापसँगै हिमाली क्षेत्रमा पुगेको थियो । हावाको बहावसँगै खोलाको खोंचै खोंच हिमाली जिल्लामा पुगेपनि तापक्रम र वातवराण अनूकल नहुँदा त्यही मरेको अनुमान विज्ञहरुले गरेका छन् । १५ डिग्री सेन्टिग्रेडभन्दा कम तापक्रममा सलह नबाँच्‍ने भएकाले उच्च हिमाली क्षेत्रमा पुगेका सलह मरेको हुनुपर्ने अर्यालको अनुमान छ ।

२२ डिग्रीभन्दा कम तापक्रम भएको क्षेत्रमा सलह कक्रक्कै हुन्छन् । किट विज्ञ अर्यालले भने,’सलहलाई ३० देखि ४० डिग्री तापक्रम उपयु्क्त हो । २२ डिग्रीभन्दा कम भयो भने यो बसेको ठाउँबाट ठसमस हुन सक्दैन ।’

चिसो क्षेत्रमा सलह मात्रै नभएर अन्य किराहरु निस्क्रिय हुने स्‍वभावका हुन्छन् । किट विज्ञ अर्यालले भने,’कतिपय किराहरु चिसो क्षेत्रमा एक्टिभीटी गर्न सक्दैनन् । सलहको थ्रेस होल्ड तापक्रम नै १५ डिग्री सेल्सियस हो । संख्या कम भएकाले मर्न सक्छन् ।’ मरुभूमिमा सलह ५२ डिग्री तापक्रमसम्म बाँचेको रेकर्ड छ ।

वयस्क भएपछि सलहको आयु पनि एकडेढ महिना मात्रै हुने प्राविधिक कार्यदलका संयोजक शहदेव हुमागाईंले बताए । उनले भने,’यिनीहरुको आयु पनि एक डेढ महिनाको हुन्छ । वातावरण पनि अनुकूल नभएपछि यिनीहरुको आयु झन् घट्दै जान्छ र खानेकुरा नपाउँदा कमजोर भएर त्यतिकै मर्छन् ।’

क्षति कम तर सचेत हुन जरुरी

किट विज्ञहरुले अनुमान गरे बमोजिम नै नेपालमा सलहले कम क्षति गरेको बताएका छन् । उनीहरुले नेपाल सलहका लागि उपयु्क्त वातावरण पनि नभएको,मनसुनी प्रभाव र पहाडी क्षेत्रहरु धेरै भएकाले त्यति क्षति नगरेको बताए । यो किराले दाङ, प्यूठान, मकवानपुर,अर्घाखाँची र पाल्पामा बढी क्षति पुर्‍याएको प्लान्ट क्‍वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । केन्द्रले करिब ११ सय १८ हेक्टरमा क्षति पुर्‍याएको जनाएको छ । मुख्यतः मकै, तरकारी, फलफूल र भटमास क्षति पुर्याएपनि पुरै बाली सखाप नपारेको केन्द्रका सूचना अधिकारी समेत रहेका किट विज्ञ रामकृष्ण सुवेदीले बताए ।

उनले भने,’तराई तिर मात्रै बसेको भए धेरै क्षति गर्थ्यो होला तर पहाडतिर लागेपछि टुक्रिएर सामान्य झुन्डहरुले बाली खाए तर सखापै भने पारेका छैनन् ।’ पहाडमा पुगेका झुन्डहरु जंगल क्षेत्रमा बसेकाले पनि त्यति धेरै क्षति नभएको विज्ञहरुको भनाइ छ । नेपालभित्र प्रवेश गरेका सलहहरुले अब धेरै क्षति नगर्ने र जति गरे त्यति नै रहेको विज्ञहरुले बताए । झुन्ड धेरै ठाउँमा टुक्रिदै समूहमा पुगेपछि क्षति पनि कम हुने सुवेदीले बताए ।

यस्तै सलह भारतबाट नेपाल प्रवेश गर्ला भन्‍न नसकिने र आएपनि सतर्क हुनुपर्ने अर्यालले बताए । अर्यालका अनुसार नेपालबाट सलहको सबैभन्दा नजिकको झुन्ड भैरहवादेखि ५७८ किलोमिटर टाढा छ ।

सम्बन्धित खवर

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव
प्रदेश विशेष

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले
‎जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न
प्रदेश विशेष

‎जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न

56 years पहिले
रौतहटको गौरमा DOTIM परिसंघको जिल्ला स्तरीय भेला तथा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रदेश विशेष

रौतहटको गौरमा DOTIM परिसंघको जिल्ला स्तरीय भेला तथा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न

56 years पहिले
‎पूर्वमन्त्री उमेश यादव नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

‎पूर्वमन्त्री उमेश यादव नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि जसपा नेपालमा प्रवेश

56 years पहिले
कांग्रेस नेतृ थापाद्वारा साफीलाई सहयोग
प्रदेश विशेष

कांग्रेस नेतृ थापाद्वारा साफीलाई सहयोग

56 years पहिले
रास्वपाको समानुपातिक सूचीमा त्रुटि स्वीकार्दै सागर ढकालले भने – गल्ती भयो, सच्याउन अझै समय छ
प्रदेश विशेष

रास्वपाको समानुपातिक सूचीमा त्रुटि स्वीकार्दै सागर ढकालले भने – गल्ती भयो, सच्याउन अझै समय छ

56 years पहिले

ताजा समाचार

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले
‎जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न

‎जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न

56 years पहिले
रौतहटको गौरमा DOTIM परिसंघको जिल्ला स्तरीय भेला तथा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न

रौतहटको गौरमा DOTIM परिसंघको जिल्ला स्तरीय भेला तथा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न

56 years पहिले
‎पूर्वमन्त्री उमेश यादव नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि जसपा नेपालमा प्रवेश

‎पूर्वमन्त्री उमेश यादव नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि जसपा नेपालमा प्रवेश

56 years पहिले
कांग्रेस नेतृ थापाद्वारा साफीलाई सहयोग

कांग्रेस नेतृ थापाद्वारा साफीलाई सहयोग

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech