Advertisement

कमला नगरपालिकामा राजपाका प्रत्यासी मेयर जसपामा प्रवेश

न्युजडेस्क
२०७९ भाद्र ३, शुक्रबार २०:४१

जनकपुरधाम, भादौ ३ गते। कमला नगरपालिकामा राष्ट्रिय जनता पार्टी (राजपा) बाट प्रत्यासी मेयर राम दयाल साह जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेको छ।

कमला नगरपालिका वार्ड न. ६ सखुवा मडानमा आयोजित पार्टी प्रवेश तथा वृक्षरोपण कार्यक्रममा जसपाका धनुषा जिल्ला सदस्य इसराफिल अन्सारीको नेतृत्वमा साहलाई पार्टी प्रवेश गराएको हो।

उक्त कार्यक्रममा जसपा धनुषा जिल्ला सदस्य इसराफिल अन्सारी, जसपा नगर सह सचिप उमेश बिराजी, नगर समिति सदस्य नागेश्वर यादव, नगर सदस्य एभरेन मण्डल, नगर सदस्य दिपेन्दर यादव, पर्यावारण अभियन्ता समाजवादी युवा संघ नगर अध्यक्ष राम कुमार साह, युवा नेता प्रनित यादव, लगाइतको सहभागिता थियो।

साथै सहभागीहरुले नवप्रवेसीलाई गम्छा र टिका लगाएर शुभकामना सहित पार्टी प्रवेश तथा वृक्षारोपण सम्पन्न भएका छ्न।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर