Advertisement

मधेस आन्दोलन को भावना माथी प्रहार : नेता यादव

न्युजडेस्क
२०७८ पुष २०, मंगलवार ०८:५६

जनकपुरधाम, पौष २० गते । नेपालको वर्तमान व्यवस्थालाई समाप्त पार्न संघीयता विरोधी तत्वहरूसँग साँठगाँठ गरि देशमा संघीयता समाप्त पार्न, धार्मिक र जातीयताको नाममा मधेसमा द्वन्द्व फैलाउने खेल सुरु भएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको निकट नेपाल बौद्धिक पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष जितेन्द्र यादवले भने, ‘ऐतिहासिक मधेस आन्दोलनको जगमा स्थापित मधेसमा बिभिन्न आन्दोलनको नाममा मधेस आन्दोलनको भावनामाथि सिधा प्रहार गरिरहेको देखिन्छ । मधेस आन्दोलनले खोजेको वर्तमान व्यवस्था नै हो । जून व्यवस्थामा धार्मिक, सांस्कृतिक, लैङ्गिक, जातीय, क्षेत्रीय, भाषिक र वर्गीय सबैको समान्ता अर्थात सामाजिक न्यायमा आधारित धर्म निरपेक्ष सहितको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना भएको हो’ उनले बताए ।

देश र जनताको हितका लागि त्रुटीपूर्ण संविधानलाई संशोधन गर्नुपर्ने नितान्त आवश्यक देखिए तापनि राजनीतिको नाममा यस व्यवस्थालाई नै समाप्त पार्न अनेकौं ताण्डव गर्न खोज्नु भनेको मधेसी बीर शहीदहरूलाई अपमान गर्न खोजेको बताएका छन् ।

मधेसी बीर शहीदहरूको रगतबाट लतपत यो व्यवस्था समाप्त पार्न बिभिन्न नाराहरू जस्तै: कहिले देश टुक्राउने नाममा होस वा कहिले राजतन्त्र फर्काउन धार्मिकद्वन्द्व फैलाउने नाममा होस । अहिले किसानको नाममा अराजक कार्य गरि मधेसलाई अस्तव्यस्त पार्दै धार्मिक तथा जातीयताको नाममा मधेसी मधेसी बीच द्वन्द्व फैलाउने खेल सुरु भएकोले सचेत र सावधान रहन आवश्यक रहेकोे बताएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर